परिचय

परिचयः

  • सिरहा जिल्लामा अवस्थित हालको ठाडी भन्सार कार्यालय सिरहा भन्सार कार्यालय माडर अन्तर्गतको छोटी भन्सार कार्यालयको रुपमा दैनिक कार्य संचालन हुदै आइरहेको अवस्थामा नेपाल सरकारको मिति २०७५।३।३२ को निर्णयानुसार छोटी भन्सार कार्यालयबाट स्तरोन्नति भई मिति २०७५।७।७ देखि मुल भन्सार अर्थात ठाडी भन्सार कार्यालयको रुपमा कार्य सुचारु भएको ।
  • यस अन्तर्गत २ वटा छोटी भन्सार कार्यालयहरु झाँझपट्टी र नरगी (कचनारी) रहेको छ ।
  • यस कार्यालयबाट भारततर्फ नजिकको बजार लौकहा र नेपालको सीमाबाट भारततर्फ लौकहा कस्टमको दुरी 0.5 कि.मी. रहेको छ ।
  • भन्सार कार्यालयबाट नेपालतर्फको नजिकको शहर (बजार) लहानको दुरी १८ कि.मी. र उदयपुर जिल्लाको गाईघाटको दुरी 52 कि.मि. रहेको छ ।

कार्यालयको भौतिक अवस्था

  • २ तल्ले पक्की कार्यालय भवन २०२२ सालमा निर्मित (जस्ताले छाएको) धेरै पुरानो जीर्ण अवस्थामा रहेको भवन
  • पुरानो जस्ताले छाएको टहरामा गोदाम घर र पाले सुत्ने कोठा रहेको
  • आ.व.075/076 मा निर्माण भएको गोदाम घर १
  • जस्ताले छाएको यात्रु शाखामा २ वटा कोठा मध्ये १ वटा कोठा प्रभु वैंकको एक्सटेन्सन काउण्टरले प्रयोग गरेको
  • सवारी साधन (स.१.झ. ५३५) वलेरो जीप १ थान
  • झाझपट्टी छोटी भन्सार कार्यालयमा २ तल्ले पक्की पुरानो अत्यन्तै जीर्ण भवन (जस्ताको छाना भएको)

जग्गा सम्बन्धी विवरण

  • ठाडी भन्सारको नाउमा साविकको २.५ कठ्ठा र मिति २०७३ मा 12.5 कठ्ठा अधिग्रहणको साथै आ.व.०७५/०७६ मा जग्गा अधिग्रहण प्रकृयाबाट २ विग्हा ११ कठ्ठा १४ धुर गरी जम्मा ३ विग्हा १६ कठ्ठा १४ धुर जग्गा रहेको ।
  • झाझपट्टी छोटी भन्सार कार्यालयको नाउँमा ५ कठ्ठा
  • नरगी छोटी भन्सार कार्यालयको नाउँमा २ कठ्ठा